Mahesh KC
banner
dearshree.bsky.social
Mahesh KC
@dearshree.bsky.social
Multimedia Journalist 🎥✍️
Byline; https://bit.ly/49kccmP
youtube.com/@MaheshKC
मौसममा आएको बदलीका कारण गएरातिदेखि रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली भेग प्रभावित भएका छन् भने मध्यपहाडी लोकमार्गको आवतजावत पनि अवरुद्ध भएको छ ।
#विस्तृत on eKantipur | 082.10.14
ekantipur.com/pradesh-5/20...
हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित, मध्य पहाडी लोकमार्गको आवागमन अवरुद्ध
मौसममा आएको बदलीका कारण गएरातिदेखि रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली भेग प्रभावित भएका छन् भने मध्यपहाडी लोकमार्गको आवतजावत पनि अवरुद्ध भएको छ ।
ekantipur.com
January 28, 2026 at 7:31 AM
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसहित १२ जना र रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मासहित १२ जनाले मनोनयन दर्ता गरेका छन् ।
#विस्तृत on eKantipur | 082.10.06

ekantipur.com/pradesh-5/20...
एमाले रुकुम पूर्वका पूर्व जिल्ला अध्यक्ष नेकपा प्रवेश
नेकपा एमाले रुकुम पूर्वका पूर्व जिल्ला अध्यक्ष टोपबहादुर ओली नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल मनोनयनका लागि रुकुम पुगेको अवसरमा उनी मंगलबार पार्टी प्रव...
ekantipur.com
January 20, 2026 at 4:09 PM
रुकुम पुगेर प्रचण्डले गरे जनार्दनको आलोचना
Video report on Kantipur TV HD
facebook.com/share/v/17jpH88rip/
Redirecting...
facebook.com
January 10, 2026 at 4:40 PM
पाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पूर्वसहकर्मी जनार्दन शर्मालाई आन्दोलनबाट भागेको भन्दै ‘भगौडा’को आरोप लगाएका छन् ।
ekantipur.com/politics/202...
दाहालले लगाए शर्मालाई ‘भगौडा’को आरोप
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पूर्वसहकर्मी जनार्दन शर्मालाई आन्दोलनबाट भागेको भन्दै ‘भगौडा’को आरोप लगाएका छन् ।
ekantipur.com
January 10, 2026 at 1:20 PM
इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस-डे को शुभकामना।

अनेक धर्म अनि जातजाति-भाषाभाषी मिलेर बसेको हाम्रो देशमा धर्मलाई व्यापार र राजनीति गर्ने माध्यम नबनाईयोस्।

हामी सबैमा अन्धभक्तिको अलमलबाट निस्केर असल कर्म गर्नसक्ने शक्ति प्राप्त होस्। जय होस।!❣
December 25, 2025 at 1:24 AM
इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस-डे को शुभकामना।

अनेक धर्म अनि जातजाति-भाषाभाषी मिलेर बसेको हाम्रो देशमा धर्मलाई व्यापार र राजनीति गर्ने माध्यम नबनाईयोस्।

हामी सबैमा अन्धभक्तिको अलमलबाट निस्केर असल कर्म गर्नसक्ने शक्ति प्राप्त होस्। जय होस।!❣
December 25, 2025 at 1:24 AM
लुम्बिनी लायन्सको ‘च्याम्यिन्स ट्रफी सेलिब्रेसन टुर
Video report on Kantipur TV HD
facebook.com/share/v/1AThJfQctM/
Redirecting...
facebook.com
December 24, 2025 at 1:20 AM
Nepal Premier League को दोस्रो संस्करण हाम्रो गृह प्रदेशको टिम Lumbini Lions ले जित्यो। र यो टिमले उचालेको ट्रफी सहित हिजो रूकुम पूर्वमा विजय उत्सव मनाईयो।

र यो ऐतिहासिक जमघटको प्रत्यक्ष साक्षी हुने अवसर समेत हामीलाई प्राप्त भयो। यसबारे #विस्तृत आज राती Kantipur TV HD मा प्रशारण हुनेछ।

जय होस्!💕
December 23, 2025 at 2:02 PM
यस वर्षको #एनपीएलको_ट्रफी उचालेको लुम्बिनी लायन्सले ‘च्याम्यिन्स ट्रफी सेलिब्रेसन टुर’ नाम दिएर लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा खुसी साट्न पुग्ने क्रममा सोमबार रुकुम पूर्वको सदरमुकाम #रुकुमकोटमा उत्सव मनाइएको हो ।
ekantipur.com/sports/2025/...
रुकुम पूर्वमा लुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ [तस्बिरहरू]
देशको कान्छो जिल्ला, लुम्बिनी प्रदेशको एक मात्र हिमाली भेग रुकुम पूर्वमा यतिबेला नेपाल प्रिमियर लिग–एनपीएलको विजय उत्सव मनाइयो । साथमा थियो यस सिजनको विजेता टिमले उचालेको सुनौलो–ट्रफी ।
ekantipur.com
December 22, 2025 at 4:33 PM
सडक र सवारी पर्खिरहेका गाउँवस्तीहरु
Video report on Kantipur TV HD
facebook.com/share/v/1DYjDQEYu6/
Redirecting...
facebook.com
December 20, 2025 at 1:16 AM
पार्टी विभाजनपछी गृह जिल्लामा नेता जनार्दन शर्मा
Video report on Kantipur TV HD
facebook.com/share/v/19KVhmQoQf/
Redirecting...
facebook.com
December 9, 2025 at 12:46 AM
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्रशिक्षण कार्यक्रम' लाई सम्बोधन गर्दै उनले आफूले कोही-कसैलाई धोका नदिएको बताएका हुन्।
ekantipur.com/politics/202...
तत्कालीन माओवादीले जनताको काम गर्न सकेन, आत्मालोचना गर्छु : जनार्दन शर्मा
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्र...
ekantipur.com
December 8, 2025 at 11:40 AM
रुकुम पश्चिममा चुनाबी चर्चा र चहलपहल
Video report on Kantipur TV HD
facebook.com/share/v/1EYPP2tMCN/
Redirecting...
facebook.com
December 7, 2025 at 1:44 AM
रुकुम पूर्व र बागलुङका उच्च पहाडी पाटनहरू चिसो र तुसारोका कारण अहिले सुनसान छन्, जहाँका किसान बर्खामा लेक अनि हिउँदमा बेंसी झरेर परम्परागत बसाइँ सर्ने जीवनशैलीमा अपनाएका छन्।
#विस्तृत on Kantipur Daily | 082.08.20

ekantipur.com/koseli/2025/...
‘लेक चढे पशु चौपाया, बेंसी झरे आफ्नै माया’
बर्खायाममा गुलजार हुने रुकुम पूर्वका अग्ला पाटनहरू यति बेला सुनसान छन् । चिसो याममा बाक्लो तुसारो र कतै–कतै हिउँ पनि परेकाले यहाँको चरन क्षेत्र बन्जरझैं देखिन्छ । तर, बर्खामा पशु चौपाया हिँडेका पाइलाक...
ekantipur.com
December 6, 2025 at 12:11 PM
जूनको उज्यालो, उज्यालोको साथ
करोड सम्झना अनि यो जूनेली रात।

शुभ रात्री। शुभ सपनी। जय होस्!🙏
December 4, 2025 at 1:17 PM
सहज छैन मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्ग
Video report on Kantipur TV HD
facebook.com/share/v/1MVey27YrU/
Redirecting...
facebook.com
November 22, 2025 at 8:48 AM
स्कुलको परिचयपत्र र परिक्षा फारम भर्ने फोटो खिचाउदै रुकुम पश्चिमकी एक छात्रा।

आज यात्राका क्रममा बाटोमा यो दृश्य देखेपछी मलाई ती स्कुले दिनहरुको याद ताजा भयो । यो सन्दर्भसंग जोडिएका तपाईका पनि केही यादहरु भए कमेन्टमा साझा गर्नुस् ल।
November 20, 2025 at 12:11 PM
Good morning from Kathmandu. #JayHos🙏
November 9, 2025 at 2:23 AM
जाजरकोट भुकम्पका दुई बर्षः टहरामै पीडित
Video report on Kantipur TV HD
facebook.com/share/v/17zgvnZvYo/
Redirecting...
facebook.com
November 3, 2025 at 2:30 PM
पेसाकर्मले देश-विदेश पुगेका युवाले चाडबाडको छेकोमा गाउँ फर्किएका बेला स्थानीय जमघटलाई उत्सवमय बनाउन पहल गरेका हुन्। #दातालाई सार्वजनिक आह्वान गरेर सहयोग जुटाएर स्थानीय मेला-पर्व तथा खेलकुद गतिविधि संचालन भइरहेका छन्।
#विस्तृत on eKantipur | 082.07.16
ekantipur.com/pradesh-6/20...
दाताबाट सहयोग जुटाएर गाउँमा मेला र खेलकुद प्रतियोगिता
दसैं, तिहार, छठजस्ता ठूला चाडबाड सकिए पनि रुकुम पश्चिमका गाउँमा बिभिन्न मेला, उत्सव र खेलकुद प्रतियोगिताको रौनक कायमै छ ।
ekantipur.com
November 2, 2025 at 2:48 PM
कतै घना जंगल, कतै सुन्दर मानव वस्ती। बर्खामा कुहिरोको ओढ्नी ओढेर अनेकन् वनफुल संगै हरित रंगको रागमा रंगिने, हिउँदमा हिउँको पगरी गुथेर मोहकताको पर्याय बनिदिने ।

खोलाको कलकल, चराको चिरबिर। सल्ली कुसुममा ठोक्किएको हावाको सुस्साहट संगै मान्छेहरुको कल्याङमल्याङ। यहाँ जे सुनिन्छ त्यो संगित जस्तै, यहाँ जे देखिन्छ त्यो चित्रकारको क्यानभास जस्तै। शब्दमा मुस्किलले बयान गर्न सकिने, दृश्यमा सायदै उतार्न सकिने, यो हो #ढोरपाटन
November 1, 2025 at 2:08 AM
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सिमाना जोडिएको खण्डमा कालोपत्र गर्न भनेर ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भूमे गाउँपालिका–१ स्थित रूपगादेखि पाथीहाल्नेसम्मको कुल १३ किलोमिटर सडक आधाउधी काम गरेर अललपत्र छोडिएको हो ।
#विस्तृत on eKantipur | 082.07.13

ekantipur.com/pradesh-5/20...
कालोपत्र गर्न ९ वर्षअघि ठेक्का, सडक निर्माण अझै अलपत्र
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सिमाना जोडिएको खण्डमा कालोपत्र गर्न भनेर ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भूमे गाउँपालिका–१ स्थित रूपगादेखि पाथीहाल्नेसम्मको...
ekantipur.com
October 30, 2025 at 2:58 AM
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रानीकोट गरी दुई स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले उक्त अवधिमा सडक बन्द गरिने भएको हो ।
#विस्तृत on eKantipur | 082.07.11
ekantipur.com/pradesh-6/20...
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड मर्मतका लागि १८ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको दुई स्थानमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले १८ दिनसम्म सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।
ekantipur.com
October 28, 2025 at 12:00 PM
छठ पर्वको शुभकामना ।

यस वर्ष पनि अन्य वर्षहरूमा झैँ पानी अनि सूर्य दुवैले हामीमाथि कल्याण गरुन्, यही पानी र सूर्यको प्रकाशका कारण बन्ने पानीको बाफ र बादलहरूले धर्तीलाई भिजाइरहुन्, यो धर्तीलाई उर्वर बनाइरहुन्, हरियाली छाइरहोस् ।

सम्पुर्ण जलचर थलचर सबैको कल्याण होस्, प्राणीमा प्राण होस् अनि धर्मको जय होस्। छठी माताले हामी सबैको जय गरुन्! जय होस्!❣
October 27, 2025 at 12:53 AM
कान्तिपुर दैनिक । ९ कार्तिक २०८२, आईतबार
- क्षमताभन्दा दोब्बर यात्रु चढेको बोलेरो खस्दा ८ को मृत्यु
- २४ भदौका २३७ पात्र पक्राउ

#विस्तृत on Kantipur Daily | 082.07.09
October 26, 2025 at 1:53 AM